×

सत्तारूढ गठबन्धन र प्रमुख विपक्षी दलका उम्मेदवारले गराए मनोनयन दर्ता

images

मकवानपुर - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मकवानपुर जिल्लाबाट विभिन्न राजनीतिक दलले आ–आफ्नो उम्मेदवारहरूको मनोनयन दर्ता गराएका छन् ।

साँझ ५ बजेसम्ममा सत्तारूढ गठबन्धन दलका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय (डीना), नेकपा (एमाले)को समर्थनमा राप्रपा नेपालको तर्फबाट कमल थापा, राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह र हाम्रो नेपाली पार्टीका दीपेन्द्रचन्द ठकुरीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभा क्षेत्र नं २ मा भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का रन्तप्रसाद प्रजापति, सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडा, नेकपा (एमाले)का महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले उम्मेदवारी मनोनयन गराउनुभएको हो ।

मकवानपुर जिल्लामा तीन लाख सात सय ३३ मतदाता रहेका छन् भने तीन सय ६४ वटा मतदान केन्द्र तोकिएको छ ।

आइतबार​ २३ असोज २०७९ ०९:३१ PM मा प्रकाशित

प्रतिक्रिया