×

प्रधानमन्त्री सहभागि भएको स्पेनको कार्यक्रममा गएर सयौं नेपाली फर्किएका छैनन्ः सोविता गौतम

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्पेनको कार्यक्रममा सहभागी भएर केही मानिस नफर्किएको बताएकी छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो । तर यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रममा बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् । प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रम निकै ठूलो कार्यक्रम हो । १०औं हजार मानिसहरु सहभागी हुने कार्यक्रम हो । नेपालबाट सयौं मानिसहरु सहभागी हुन गएको पनि साँचो हो । केही नफर्किएको पनि साँचो हो । फेक डकुमेन्ट बनाएर भिसा लगाएको पनि साँचो हो,’– उनले भनिन् ।

साथै, उनले नागरिक बेचिने र देशकै छविमा आँच आउने गम्भीर विषयमा पनि सरकारले स्वार्थ बाझिने, अनुपयुक्त पात्रको नेतृत्वमा आफूमातहतकै समिति बनाएको उनले बताईन् । उनले सामान्य प्रशासनिक समिति बनाएर सरकारले झेली खेल खेलेको उनको भनाइ छ । उक्तले आफूहरु निरन्तर विरोधमा रहेको उनले बताए ।

बुधबार २५ असार २०८२ ०३:२९ PM मा प्रकाशित

प्रतिक्रिया