×

मोहन वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि शिक्षण अस्पतालको आईसीयूमा उपचार हुँदै

images

काठमाडौँ । क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ को त्रिवि शिक्षण अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ । अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोसयराले वैद्यको गत जेठ १५ गतेदेखि आइसियूमा उपचार भइरहेको जानकारी दिए। 

उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँलाई पुरानो दम समस्याको कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो। अक्सिजनको लेभल बेला–बेला तलमाथि हुनेगरेकाले उहाँलाई आइसियूमै राखेर उपचार गरिएको चिकित्सकको भनाइ छ। गत पुसमा वैद्यलाई दमको समस्याले दुःख दिएर एक महिना शिक्षण अस्पतालमा राखेर उपचार गरिएको थियो ।

अस्पतालका प्रवक्ता एवम् सह–प्राडा। गोपाल सेडाईले वैद्यको जेठ १५ गतेदेखि दम तथा छाती रोग सङ्क्रमण भई सघन उपचार कक्ष (आइसियूमा) नेता वैद्यको उपचार भइरहेको जानकारी दिए । उन अनुसार अहिले वैद्यको पल्मोनोलोजी एंव क्रिटिकल केयर विभागमा उपचार भइरहेको छ ।

। पुरानो रोग दम बढेपछि जेठ १८ गते शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको नेता इन्द्रमोहन सिग्देलले जानकारी दिए ।

‘उहाँको पुरानो रोग दम बढेर अस्पताल भर्ना गरिएको हो । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले स्वास्थ्य अवस्था स्थिर छ । जनरल वार्डमा सार्ने विषयमा डाक्टरले केही भनेका छैनन्’, उनले भने ।  वैशाख २९ गते दिवङ्गत आमाको अन्तिम कार्य सकेर काठमाडौँ फर्किने क्रममा नै महासचिव वैद्यको स्वास्थ्य अवस्था कमजोर रहेको सिग्देलले बताए । 

चिकित्सकका अनुसार, अक्सिजनको स्तर बेला–बेला घटबढ हुने भएकाले उनलाई आईसीयूमै राखेर निगरानीसहित उपचार भइरहेको छ। यसअघि पनि वैद्यलाई यही समस्याका कारण गत पुसमा त्रिवि शिक्षण अस्पतालमै एक महिनासम्म भर्ना गरेर उपचार गरिएको थियो।

सोमबार २७ जेठ २०८२ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया