काठमाडौं । नेकपा (एमाले) ले अनिवार्य रुपमा उपस्थित भएर सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाका अनुसार सरकारको नीति तथा कार्यक्रम आगामी आइतबार निर्णयार्थ पेश हुनेछ । उक्त दिन उपस्थित भएर पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको बर्तौलाले बताए ।
‘सरकारको वार्षिक नीति तथा कार्यक्रम’ लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ,’– निर्देशनमा भनिएको छ ।
प्रतिक्रिया