×

थपिए २२४ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य

images

देशभर थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार बुधबार थप २२४ जनामा संक्रमण पुष्टि भएको हो।

१० हजार ९२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

६ हजार ९३६ जनाको पिसिआर गर्दा ६८ र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर ५ हजार ६९२ जना सक्रिय संक्रमित छन्।

बुधबार २५१ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

बुधबार २५ फागुन २०७८ ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया