×

कोभिड १९ महामारीको कारण उत्पन्न रगत अभावलाई पूर्ति गर्न खुला रक्तदान कार्यक्रम आयोजना

images

काठमाडौँ र कोभिड १९ महामारीको कारण उत्पन्न रगत अभावलाई पूर्ति गर्न खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । 

राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीको आयोजनामा सप्ताह–व्यापी रक्तदान कार्यक्रम हुन लागेको राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीका संयोजक सुमन महर्जनले बताए । 

कार्यक्रम तारकेश्वर नगरपालिका वडा नं। ११ शेषमतीमा एक हप्तासम्म सञ्चालन गरिने छ । सप्ताहव्यापी रक्तदान महाअभियान यही माघ २९ गतेबाट आरम्भ हुने छ । 

रक्त अभावबाट कसैले अमुल्य जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको युवा संघ तारकेश्वर नगर कमिटीले जनाएको छ ।
 

बुधबार २६ माघ २०७८ ०१:३९ PM मा प्रकाशित

प्रतिक्रिया