काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियारले आज विशेष अदालतमा पहाडीसहित १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
उनीहरुमाथि नेपाल टेलिकमको बिलिङ सिस्टममा भ्रष्टाचार गरेको आरोप छ। अख्तियारले उनीहरुविरुद्ध ३३ करोड बिगो दाबी गरेको छ।
प्रतिक्रिया