×

नेपाल भ्रमणमा रहेकी यूएसआइडी प्रमुख पावेल र अर्थमन्त्री पौडेलबीच भेट  

images

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेल र नेपाल भ्रमणमा रहेकी यूएसआइडीकी प्रमुख प्रशासक सामान्था पावेलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा दुईबीच भेटवार्ता भएको हो । 

भेटवार्तामा दुई पक्षीय हित र आपसि सहयोगका सम्वन्धमा छलफल भएको छ । यसपछि पावेल थापाथलीस्थित प्रसुती गृह, पद्मोदय मोडस्थित पद्मोदय माध्यामिक विद्यालय, लाजिम्पाटस्थित यूरोपियन युनियको कार्यालय भ्रमण गर्ने कार्यक्रम छ ।

भ्रमणकै सम्वन्धमा नेपालस्थित अमेरिकि दुतावासले साँझ तारागाउँस्थित हायात होटलमा पत्रकार सम्मेलन गर्दैछ । प्रमुख पावलले मंगलबार नै नेपाललाई सात अर्ब रुपैयाँको सहयोग दिने घोषणा गरेकी थिइन् ।  
 

बुधबार २५ माघ २०७९ ०१:१७ PM मा प्रकाशित

प्रतिक्रिया