×

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

images

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ ।

शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गरेका छन् ।

बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार रास्वपाका हालसम्म २ लाख ४१ हजार ७९९ सदस्य रहेका छन् । जसमा प्रमाणित सदस्यको संख्या एक लाख ७३ हजार ५९ रहेका छन् । जसमा १४ प्रतिशत महिला रहेका छन् ।

त्यस्तै रास्वपाका ७४ जिल्ला समिति रहेका छन् । रास्वपाले अहिलेसम्म डोल्पा, मनाङ र मुस्ताङमा जिल्ला समिति बनाएको छैन । त्यस्तै प्रतिवेदनमा रास्वपाले ७५३ पालिका मध्ये २८९ पालिका र ४ हजार ४८७ वडामा संघठन निर्माण गर्न नसकेको उल्लेख गरिएको छ ।       

 

शुक्रबार​ २२ कात्तिक २०८२ ०९:१८ PM मा प्रकाशित

प्रतिक्रिया