×

६ लाख ५० हजार लुटेर वडाध्यक्षसहित तीन जना फरार

images

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -३ का वडाध्यक्षसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको पाइएको छ।

वडाध्यक्ष विनोदसिं विष्ट, सुशील गुरुङ, बलीराज शाहीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएका हुन् । बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरूले रकम लिएका हुन् । वडाध्यक्ष विष्ट यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए ।

काम सकेर हिसाबकिताब गरी बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दीपा खड्काले बताइन् । उनीहरूले रकम लिएर फरार भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उपभोक्ता समितिका सदस्यहरूले उजुरी पनि दिएका छन् ।

शुक्रबार​ २२ असार २०८० १०:५७ AM मा प्रकाशित

प्रतिक्रिया