×

वैकल्पिक शक्ति भन्नेले दोषी-निर्दोषीको परिभाषा नै बदले- महासचिव शंकर पोख्रेल

images

 काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले चार वटै अदालतले रवि लामिछानेलाइृ निर्दोष मान्न सकिएन भनेको र सबै अदालतले आधा करोडभन्दा माथिको धरौटी राख्न लगाएको भएपनि रास्वपाले खुलेआम रवि निर्दोष भनेकोमा व्यंग्य कसेका छन् । उनले अहिले रास्वपाका नेता तथा कार्यकर्ताहरुको कुरा सन्दा त ‘वैकल्पिक शक्ति भन्नेले दोषी÷निर्दोषीको परिभाषा नै बदलेका जस्तो’ देखिएको टिप्पणी गरेका छन् ।


सामाजिक सञ्जाल एक्समा पोख्रेलले लेखेका छन्–

४-४ वटै अदालतले ुरविलाई निर्दोस मान्न सकिएनु भने ।अनि सबै अदालतले आधा करोड भन्दा माथिको धरौटी राख्न लगाए ।
तर पनि उनको पार्टीले खुलेआम भन्दैछ ‘रवि निर्दोस छन्। उनलाई फसाउने षडयन्त्र भयो।’ उनीहरुको कुरा सुन्दा त वैकल्पिक शक्ति भन्नेले दोषीरनिर्दोषीको परिभाषा नै बदलेको जस्तो छ ।

शुक्रबार​ २५ माघ २०८१ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया