×

काभा महिला नेसन्स लिगको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

images

काठमाडौं। नेपाल काठमाडौंमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ। नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ। भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

अब फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ। मंगलबार उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो। रोमाञ्चक दोस्रो सेट नेपालले २८-२६ लेअघि रह्यो।

दोस्रो सेटमा नेपालले इरानले तीन पटक म्याच प्वाइन्टमा पुगेको अवस्था उल्टाएकव थियो। तेस्रो सेट २५-२० ले जितेपछि खेल नेपाल फाइनलमा पुग्यो।  

मङ्गलबार २२ साउन २०८१ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया