काठमाडौँ । असोज १८ र १९ गते विपद्का घटनामा परेर देशभर कम्तिमा ४९ जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परेर दुई दिनमा ४९ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोबाट मृत्यु हुनेमा इलाममा ३७ जना, रौतहटमा चट्याङ लागेर ३ जना र पाँचथर, खोटाङ र उदयपुरमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै पाँचथरमा दुर्घटनाबाट ६ जनाको मृत्यु भएको छ ।
त्यस्तै ५ जना बेपत्ता रहेका छन । जसमा रसुवामा खोलाले बगाएर ४ जना बेपत्ता रहेका छन् भने इलाममा पहिरोमा परेर एक जना बेपत्ता रहेका छन् ।
त्यस्तै दुई दिनमा १२ झन घाइते भएका छन् भने इलामबाट दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
प्रतिक्रिया