×

राष्ट्रपतिकै फोटो राखेर नक्कली फेसबुक पेज, साइबर ब्युरोले अनुसन्धान गर्दै

images

राष्ट्रपति विद्यादेवी भण्डारीकै फोटो राखेर नक्कली फेसबुक पेज बनाएको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ ।

फेसबुकमा अनुदान नामको फेसबुक पेज बनाएर राष्ट्रपतिको फोटो राखेर विभिन्न प्रलोभन देखाउँदै पोस्ट गर्न थालेपछि साइबर ब्युरोले अनुसन्धान थालेको हो । ‘राष्ट्रपतिकै फोटो दुरुपयोग गरेर यसरी गैरकानुनी क्रियाकलाप गरिरहेको थाहा पाउनेबित्तिकै हामीले साइबर ब्युरोलाई अनुसन्धानका लागि आग्रह गरेका छौँ, उहाँहरूले अनुसन्धान गरिरहनुभएको जानकारी प्राप्त भएको छ’, राष्ट्रपछिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो । 

नक्कली पेजमा ‘राज्य सहायताका लागि अहिले दर्ता गर्नुहोस् र नेपालमा प्रतिपरिवार एक हजार डलरसम्म पाउनुहोस्’, भन्ने उल्लेख छ । 

मङ्गलबार २१ असार २०७९ ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया