दोलखाको शैलुङडाँडामा ‘शैलुङ साहित्यिक, सांस्कृतिक महोत्सव’ सुरु भएको छ । महोत्सवको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल प्राकृतिक रूपमा सुन्दर र स्रोतसाधनले भरिपूर्ण रहेको बताउनुभयो ।
नेपाल भ्रमण गर्ने जो कोही पर्यटकहरूले पनि शैलुङ भ्रमण नगरेमा त्यो भ्रमण अधुरै रहने उहाँको भनाइ थियो । ऋषिमुनीहरूले तपस्या गर्ने नेपालकै पवित्रस्थल शैलुङ प्राकृतिक रूपमा नै सुन्दर रहेको र यसको प्राकृतिक सौन्दर्य जोगाइ राख्न दोलखा र रामेछापका जनप्रतिनिधिलाई उहाँले आग्रह गर्नुभयो । अन्त कतै नभएको विशेषता शैलुङमा रहेको बताउनुहुँदै अध्यक्ष ओलीले शैलुङलाई विश्वमाझ परिचित गराइ पर्यटन प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले नेपालकै चर्चित पर्यटकीय क्षेत्र कालिञ्चोकमा रहेको कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्नुभएको थियो । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र शैलुङ गाउँपालिकाको सहआयोजनामा सञ्चालन भएको साहित्यक महोत्सव शनिबारसम्म सञ्चालन हुनेछ । सो कार्यक्रममा देशभरका साहित्यकार तथा कलाकारहरूको सहभागिता छ ।
प्रतिक्रिया