बढ्यो सुनको मूल्य

    images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आज चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी १ हजार ८ सय ४५ रुपैँयामा कारोबार भएको थियो ।

    बुधबार १९ मंसिर २०८१ ०१:२७ PM मा प्रकाशित

    प्रतिक्रिया