काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा आत्मालोचना नगरेको खुलेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।
सोमबार...
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय
माओवादीकेन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले शर्माले माइनुटमा हस्ताक्षर गर्छु भनेको तर आत्मालोचना नगरेको बताएका छन् । शर्माले साउन ६ गते दिएको अभिव्यक्ति बारे आत्मालोचना नगरेको बताउदै यस विषयमा फेरी उच्च तहमा छलफल हुने सहमति भएको सापकोटाले बताएका छन् ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । शुक्रबारदेखि शुरु भएको बैठक आज सम्पन्न भएको हो । बैठकले विभिन्न २६ वटा निर्णय गरेको छ ।...
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले के के निर्णय गर्यो ?
उनले भने- 'प्रभाकरको विषयमा छलफल धेरै स्पष्ट र बिस्तृत रुपमा चल्यो, असाध्यै कमरेडली भावनामा छलफल भयो । जस्तो उहाँले माइन्युटमा साइन गर्नु भएको थिएन नी, अब माइन्यूटमा सहि गर्छु भन्नु भएको छ । बैठकमा स्थायी कमिटीले भनेका कुरामा, अध्यक्षले भनेका कुरामा महसुस गर्नु भएको छ । उहाँले साउन ६ गते दिएको अभिव्यक्तिको विषयमा आत्मालोचना त गर्नु भएको छैन तर के कुरामा समझदारी भएको छ भने त्यस विषयमा उच्च भावनाका साथ कमिटीहरुमा छलफल गर्दै सहमतिमा जाने छलफल भएको छ । बजारमा चर्चा चलेको थियो नि पार्टी फुट्छ भन्ने चर्चा चलाइएको थियो नि त्यसलाई खारेज गर्दै पार्टीलाई एकताबद्ध बनाउदै जान स्थायी कमिटी बैठक स्द्ल भएको छ ।'
सापकोटाले पूर्ण एकताबद्ध भएर अगाडी बढ्छ र विगतमा भएका दुष्प्रचारलाई स्थायी कमिटीको एकताबद्ध संकल्पले खारेज गरेको बताए ।
प्रतिक्रिया