काठमाडौं । नेपाली बजारमा आज बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो। योसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया