×

भुटानी शरणार्थी प्रकरण- बुटवलमा पक्राउ परेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइयो

images

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले काठमाडौँ ल्याएको छ । बुधवार बुटवलमा पक्राउ परेका सन्दीपलाई आज हवाई जहाजमार्फत काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

images

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक विरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर...

उनलाई कागजी प्रक्रिया पुर्‍याएर अब म्याद थपका लागि बिहीबार अदालत पेस गर्ने तयारी भएको प्रहरीले जनाएको छ । सन्दीपविरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी हिजो बुटवलबाट पक्राउ परेका थिए।

images

पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउपछि एमालेले भन्यो– छानबिनमा सघाउँछौ, सरकारले पूर्वाग्रह नराखी अनुसन्धान गरोस्

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान गर्न र कानुन पालनामा सघाउन पार्टी तयार रहेको एमा...

हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन्। ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।

उनीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ। बुधबार नै प्रहरीले तत्कालीन गृहसचिव  टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो।

यही प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने उनीहरू हाल फरार छन्।  


 

बिहीबार २१ बैशाख २०८० १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया