×

थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक जलमग्न

images

काठमाडौं। काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुटेको छ। पाइप फुटेपछि अहिले सो क्षेत्रमा सडक अवरुद्ध भएको छ। थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन।

थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो। बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको थियो। सडकसमेत अवरुद्ध भएको छ। पानी नजिकका घर र पसलहरुमा पसेको छ। त्यहाँ नजिक फार्मेसीहरू, रेस्टुरेन्टलगायत पसल पनि रहेका छन्।

कालोपत्रे सडक फोडेर पानी बाहिर आएको छ। यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मुख्य पाइप फुटेको थियो। विद्युत् प्राधिकरणले तार भूमिगत गर्न प्रयोग गरेको प्वाल खन्ने उपकरणले क्षति पुर्याउँदा पाइप फुटेको थियो। 

मङ्गलबार २० फागुन २०८१ ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया