काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले ललिता निवास जग्गा प्रकरणमा थप ३ जनालाई पक्राउ गरेको छ।
सीआइबीले आइतबार थप ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराई रहेका छन्।
सरकारी लिखत किर्ते मुद्दामा उनीहरूलाई पक्राउ गरिएको ती अधिकारीले जानकारी दिए । ब्युरोले यसअघि ४ जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । त्यसपछि सिआइबीले पुन अनुसन्धान थालेको हो ।
उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विचाराधीन रहेको छ ।
प्रतिक्रिया