×

उपत्यका बन्दको कार्यक्रम फिर्ता

images

काठमाडौं। राप्रपाले आज उपत्यका बन्द नगर्ने जनाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज गर्ने भनेको बन्दको कार्यक्रम फिर्ता लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेका कारण उपत्यका बन्दको कार्यक्रम नगर्ने लिङदेनले वक्तव्यमा स्पष्ट पारेका छन्। उनले राप्रपा सामान्यतया बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा रहेको पनि उल्लेख गरेका छन्।

राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा उनीहरूले आजका लागि काठमाडौं, भक्तपुर, ललितपुर बन्द आह्वान गरेका थिए।

सोमबार २० जेठ २०८२ ०७:१३ AM मा प्रकाशित

प्रतिक्रिया