काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।
हिजो आइतबार तोलामा १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९९० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया