×

आदिवासी जनजाति महासंघ, युएई १० औं महाधिवेशन को तयारी मा

images

फलेन्द्र मगर / युएई 
जुलाई-१ दुबई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईको जुन २९ तारिख बसेको ११ औं बैठकले आगामी जुलाई २० तारिख का दिन १०औं महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले संरक्षक सदस्य प्रमोद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय आयोजक समिति गठन गरेको छ। उक्त समितिमा टंक थापा मगर उपसंयोजक तथा बुद्धिमेवाहाङ राई सदस्य रहेका छन्।

यसै क्रममा महासंघको विधान संशोधन गर्नका लागि सनिल घिसिङको संयोजकत्वमा विधान संशोधन समिति पनि गठन गरिएको छ। सो समितिमा बिक्रम लिम्बू, डीके किराँती, तथा महासंघमा आवद्ध सबै जातीय समाजका अध्यक्षहरू सदस्यका रूपमा रहने नेफिन युएईले जानकारी दिएको छ।

महाधिवेशनको तयारी तथा वैचारिक, सांगठनिक र पद्धति सुदृढीकरणका लागि गठन गरिएका यी समितिहरूले छिट्टै आ–आफ्नो कार्ययोजना सार्वजनिक गर्ने जनाइएको छ। साथै उक्त बैठकले नयाँ निर्वाचित भएर आउने कार्यसमिति को घोषणा तथा सपथ ग्रहण आउदै गरेको विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रम मा प्रस्तुत गरिने अध्यक्ष बिक्रम लिम्बुले जानकारी दिनुभएको छ्।

मङ्गलबार १७ असार २०८२ ०७:५८ PM मा प्रकाशित

प्रतिक्रिया