×

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेकै दिन रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत भ्रमणमा निस्किएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पनि जहाजबाट भारतको मुम्बई प्रस्थान गरेका हुन् । 

रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा.मुकुल ढकालले दिएको जानकारीअनुसार सभापति लामिछाने पत्‍नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन् ।  पूर्वगृहमन्त्रीसमेत रहेका रविले आफू भारत जाने भएपछि संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन् ।

यसअघि जेठ पहिलो साता विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग रविले काठमाडौंमा भेट गरेका थिए।  मोदी पाँच दिने भ्रमणमा आएका बेला रविसँग वार्ता भएको थियो। त्यसबेला उनले अन्य दलका नेताहरुलाई पनि भेटेका थिए। 

बिहीबार १८ जेठ २०८० १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया