×

आमाले जाडोमा नुहाउन भनेपछि रिसाएका बालकले बोलाए प्रहरी

images

काठमाडौं । आमाले नुहाउन भनेपछि रिसाएका छोराले प्रहरी बोलाएका छन् । इमर्जेन्सी कल आएपछि बालकको घर पुगेको प्रहरीले पनि सबै घटना थाहा पाएपछि आफ्नो हाँसो रोक्न सकेनन् । भारतको उत्तर प्रदेशको हापुड जिल्लाको एउटा गाउँमा नौ वर्षीय बालकले ११२ मा फोन गरेर प्रहरीलाई खबर गरेका हुन् ।

प्रहरी बालकको घरमा पुगेर सम्पूर्ण घटना थाहा पाएपछि डायल ११२ का कर्मचारी पनि हाँसे । वास्तवमा बच्चालाई आमासँग गुनासो थियो किनभने उनकी आमाले उनलाई यति चिसोमा नुहाउन भनेकी थिइन्। फोन आएपछि प्रहरी गाउँ पुग्दा नौ वर्षीय बालकले फोन गरेको थाहा पाए ।

पहिले आमाबुवाले बालकलाई उनले चाहेको स्टाइलमा कपाल काट्न दिएका थिएनन् । त्यसमाथि अहिले यो चिसोमा नुहाउन भनेपछि त बालकको रिसले पारो तात्यो अनि बालकले रिसाएर प्रहरीलाई फोन गरेका थिए । बाबुआमाले बारम्बार नुहाउन भनिरहेका थिए, त्यसैले बच्चाले ११२ मा फोन गरेर प्रहरी बोलाए ।

जब पुलिसले सबै कुरा थाहा पाए तब बच्चालाई राम्ररी बुझाए र नुहाउँदा शरीर स्वस्थ रहने भएकाले बुबाआमाले तिम्रो भलोको लागि यसो भनिरहेको बताए । बालकले कुनै न कुनै रूपमा प्रहरीको कुरामा राजी भए र आफ्नो रिस त्यागे। जसले यो खबर सुने, उसको हाँसेर हालत खराब भयो ।

बुधबार १८ माघ २०७९ ०१:५५ PM मा प्रकाशित

प्रतिक्रिया