×

तीन पूर्व प्रधानमन्त्री देउवा ,ओली र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढ्यो

images

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढेको हो ।

प्रहरीले पूर्व प्रधानमन्त्रीहरूको चल, अचल सम्पत्ति र आम्दानीको स्रोत लगायतको विषयमा अनुसन्धान गर्नेछ । भदौ २४ मा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको रकमको टुक्रा भेटिएको थियो ।

पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम भेटिएको थियो । अनुसन्धानको लागि स्थानीय प्रशासनले पूर्व प्रधानमन्त्री देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाएको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन खोजिँदैछ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा भत्काउन रोक लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

आइतबार​ १५ चैत २०८२ ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया