×

तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ

images

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यो मूल्य अघिल्लो दिन (बुधबार) को तुलनामा प्रतितोला २ हजार ४०० रुपैयाँले कम हो । बुधबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ४४ हजार ८५ रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन् ।

चाँदीको मूल्य पनि घट्यो

सुनसँगै आज चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १६० रुपैयाँले घटेर ४ हजार ३४० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७२० रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ ।

बिहीबार २५ असार २०८३ १०:५४ AM मा प्रकाशित

प्रतिक्रिया