×

कानुनी झमेलामा परे सलमान खान, विज्ञापनबाट भ्रम फैलाएको आरोप

images

काठमाडौँ । पान मसलाको विज्ञापनलाई लिएर सलमान खान समस्यामा परेका छन् ।

भाजपा नेता तथा राजस्थान उच्च अदालतका वकिल इन्दर मोहन सिंह हनीले अभिनेताविरुद्ध मुद्दा दायर गरेका छन् । उजुरीमा सलमान खानले युवाहरूलाई भ्रमित पार्ने गरी माउथ फ्रेसनर ब्रान्डको विज्ञापन गरेको उल्लेख छ । मुद्दाको सुनुवाइ नोभेम्बर २७ मा हुने बताइएको छ ।

उजुरीकर्ता इन्दर मोहन सिंह हनीले सलमान खान धेरै मानिसहरूका लागि आदर्श भएको भन्दै उनको विरुद्ध कोटा उपभोक्ता अदालतमा उजुरी दायर गरेको बताएका छन् । अन्य देशहरूमा, सेलिब्रेटीहरू वा फिल्म स्टारहरूले चिसो पेय पदार्थको पनि समर्थन गर्दैनन्, तर सेलिब्रेटीहरुले सुर्तीजन्य पदार्थ र पान मसला जस्ता उत्पादनहरूको प्रचार गर्ने गरेको बताए ।

उनले पान मसला उत्पादन गर्ने कम्पनी राजश्री पान मसला र सलमान खानले आफ्नो उत्पादनलाई केसर-आधारित अलैंची र केसर-आधारित पान मसला भनेर वर्णन गरेर भ्रामक विज्ञापन गरेको आरोप लगाएका छन् । उनले केसरको मूल्य प्रति किलोग्राम लगभग ४ लाख पर्ने र ५ रुपैयाको उत्पादनमा समावेश गर्न नसकिने उनको जिकिर छ । उनले यस्ता झूटा दाबीहरूले युवाहरूलाई पान मसला उपभोग गर्न प्रोत्साहित गर्ने र मुखको क्यान्सरको प्रमुख कारण बन्ने उनको दाबी छ । उजुरीपछि, कोटा उपभोक्ता अदालतले सलमान खानलाई नोटिस जारी गर्दै उनको जवाफ मागेको छ ।

 

बुधबार २० कात्तिक २०८२ ०८:४२ PM मा प्रकाशित

प्रतिक्रिया