×

लापसे र मापसे गरी सवारी साधन चलाउने ९ चालक नियन्त्रणमा

images

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङमा लागूपदार्थ सेवन (लापसे) र मादकपदार्थ सेवन (मापसे) गरी विद्यालयको सवारी साधन सहित अन्य सवारी साधन चलाउने ९ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा लिइएको छ । 

बुधबार  काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङमा लागु पदार्थ सेवन गरी सवारी साधन चालाउने  ४ जना चालक र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

मादक पदार्थ सेवन गरि सार्वजनिक भाडाका सवारी साधन चलाउने २ जना, स्कुल बसका चालक २ जना र माईक्रो बसका चालक १ जना गरी जम्मा  ५ जना चालक र  लागुऔषध सेवन  गरी सवारी साधन चलाउदै गरेका  भाडा बसका  ४ जना चालकलाई ट्राफिक प्रहीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका चालकलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन् ।

 

बुधबार २० कात्तिक २०८२ ०८:४४ PM मा प्रकाशित

प्रतिक्रिया