×

यलुङ रि हिमालको हिमपहिरोमा परेका ४ घाईतेको उद्दार

images

दोलखा । दोलखाको रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका ४ घाईतेको उद्दार गरिएको छ । 

उनीहरुलाई मंगलबार बिहान यलुङ रि हिमालको बेसक्याम्पबाट हेलिकप्टरले उद्वार गरेको दोलखा प्रहरीले जानकारी दिएको छ । उद्दार गरिएका चार जनामध्ये दुई विदेशी र दुई नेपाली रहेका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

हिम पहिरामा परेका मृतक मध्ये फ्रान्सका आरोही क्यारल फुचसको पहिचान खुलेको प्रहरीले जनाएको छ । घाईतेमध्ये निमाग्याल्जेन शेर्पाको परिचय खुलेको छ । यलुङ रि हिमाल आरोहणका क्रममा हिम पहिरोमा पुरिएर ७ जना बेपत्ता भएको बताइएको छ । यलुङ रि आरोहण गरिरहेको अवस्थामा सोमबार बिहान ९ बजेतिर हिम पहिरो आएको थियो । 

मङ्गलबार १९ कात्तिक २०८२ १०:५१ AM मा प्रकाशित

प्रतिक्रिया