चितवन । मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।
यस सडक खण्डमा हाल भारी बर्षा भइरहेको र तुइन खोला नजिकै माथिबाट ढुंगा खस्ने क्रम नरोकिएपछि सडक दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको हो । सडक डिभिजनले ढुंगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन कठिन भैरहेको जनाएको छ ।
साथै प्रशासनले सम्भावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै तीन दिनका लागि सडक आवागमन बन्द गरेको छ ।
प्रतिक्रिया