बनेपा । विपी राजमार्गको काभ्रे भञ्ज्याङ-सिन्धुली सडकमा राति सवारी सञ्चालन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आजदेखि मंगलबारसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।
कार्यालयका अनुसार हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधनको आवागमन निषेध गरिएको हो ।
असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षाको पूर्वानुमान रहेकाले सो सडक बन्द गरिएको छ ।
प्रतिक्रिया