काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतमा नेपालले एसीसी प्रिमियर कपअन्तर्गत बहराइनविरुद्धको खेलमा जितका लागि सामान्य लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनलाई नेपालले सस्तैमा समेटेको हो।
नेपालका लागि घातक बलिङ गर्दै सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। उनले कसिलो बलिङ गर्दै बहराइनका मुख्य ब्याटरहरूलाई पेभिलियनको बाटो देखाएपछि विपक्षी टोली ठूलो योगफल बनाउनबाट चुकेको छ।
बहराइनले प्रस्तुत गरेको सानो लक्ष्य पछ्याउन नेपाल केही बेरमा जवाफी ब्याटिङमा उत्रिँदै छ। सन्दीपको उत्कृष्ट बलिङका कारण नेपाल बलियो स्थितिमा पुगेको छ र टोली सहज जितको खोजीमा रहेको छ।
प्रतिक्रिया