×

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

images

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विहिबार प्रदेश सभामा  विश्वास विस्वासको मत लिएका हुन् । 

मुख्यमन्त्री शाहको विश्वासको मतको पक्षमा ३० मत परेको छ भने विपक्षमा १५ मत परेको छ । मुख्यमन्त्री शाहको पक्षमा काँग्रेसका १८ र एमालेका ११ सांसदले मत दिएका थिए भने एक मत नाउपाको परेको बुझिएको छ ।

५३ सदस्यीय प्रदेश सभामा आजको मतदानमा ४५ सांसदले भाग लिएका थिए । 

बिहीबार १६ साउन २०८२ ०८:५४ PM मा प्रकाशित

प्रतिक्रिया