×

शहीद परिवारलाई उपराष्ट्रपति पुनद्वारा राहत र सम्मान

images

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपता छानबिन आयोग गठन गर्ने काम अझै बाँकी रहेको र त्यो चाँडै गठन हुने उपराष्ट्रपति नन्दबहादुर पुनले बताउनुभएको छ ।

 उपराष्ट्रपति पुनले शहीदको सपना साकार पार्ने अभियानअन्तर्गत देशले जनताको संविधान पाएको उल्लेख गर्नुभयो । शहादत प्राप्त गर्ने सबै शहीदको सपना उच्च र निस्वार्थ रहेको उहाँको भनाइ छ । सशस्त्रद्वन्द्वमा मृत्यु भएका र विभिन्न घटनामा मृत्यु भई सरकारले शहीद घोषणा गरेका व्यक्तिका परिवारलाई सम्मान तथा राहत हस्तान्तरण गर्न सर्लाही  आउनुभएका उपराष्ट्रपति पुनले देशमा आमूलपरिवर्तन ल्याउन शहीदले खेलेको भूमिका सदैव अमर रहने र पूरा नभएका सपना साकार पार्न सधैँ लागि रहने बताउनुभयो  । 

मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेसी शहीद प्रतिष्ठानको आयोजनामा शहीदका परिवारलाई राहत प्रदान र सम्मान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सर्लाहीका ६० शहीद परिवारलाई सम्मान गर्नुभयो । 

मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहका अनुसार सहादत प्राप्त ६० जनाको परिवारलाई उपराष्ट्रपति पुनले जनही रु एक लाख नगद र कदर पत्रबाट सम्मान गर्नुभयो । बरहथवा नगरपालिका–२, हजरियास्थित सामुदायिक भवनमा शहीद परिवारलाई सम्मान र राहत वितरण गरिएको थियो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकी, नगर प्रमुख देवानन्द महतोलगायतले आफ्नो धारणा राख्नुभएको थियो । 

बिहीबार १७ चैत २०७८ ०९:३८ PM मा प्रकाशित

प्रतिक्रिया