×

नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्दै

images

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने भएको छ । सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएको थियो । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष श्रेष्ठ मन्त्री बन्ने भएकी छन्।

पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई नै पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले बताए। उनकाअनुसार रञ्जिता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने टुंगो लागेको छ।

प्रतिनिधि सभामा नागरिक उन्मुक्तिबाट ४ जना सांसद छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न मन्त्रिपरिषद विस्तार गर्दैछन् । मन्त्रीहरुको शपथ तीन बजे निर्धारण गरिएको छ ।

शुक्रबार​ १७ चैत २०७९ १२:५४ PM मा प्रकाशित

प्रतिक्रिया