×

युएईमा मगर माघ्या सकराटी मेला हुने

images


फलेन्द्र मगर / युएई 
30- डिसेम्बर मगर समुदायको मौलिक तथा ऐतिहासिक  पर्व माघ्या सकराटी सदा वर्ष झैं यस वर्ष पनि युएई को दुबई शहरमा भव्य रुपले हुने भएको छ । नेपाल मगर संघ शाखा, युएई को आयोजनामा कार्यक्रमलाई भव्य र सभ्य रुपले सम्पन्न गर्नका लागी नेपाल बाट तीनजना कलाकार आउने भैसकेको जानकारी युएईका एकमात्र नेपाली पुष्प व्यवसायी मुख्य प्रायोजक ईन्फिनिटी फ्लावर शप का संचालक रोम ताङ्नामी मगरले जानकारी दिए ।

यस कार्यक्रमको  मुख्य आकर्षक को रूपमा भने मौलिक नृत्य थाली नाच रहेको छ । ख्यातिप्राप्त थाली नृत्यांगना एलिजिवा पुर्जा पुन मगरको नृत्य रहनेछ । त्यस्तै अर्का गायक तथा संगीतकार डोलराज बार्हघरे मगर का साथै गायिका तारा लामिछाने मगर को विशेष प्रस्तुति रहने भएको छ ।

साथमा युएईका चर्चित लाङ्घाली संगीत संसार ग्रुप र नेप्लिज डान्स ग्रुपको आ आफ्नो प्रस्तुति रहने भएको छ । साथमा स्थानीय कलाकार हरु को नृत्य तथा गायन रहने जानकारी कार्यक्रम संयोजक विष्णु राना मगरले जानकारी दिए । 
बालबालिका भविष्यका कर्णधार, शिक्षामा लगानी समाज रुपान्तरणको मुल आधार " भन्ने मुल नाराका साथ युएईको व्यस्त  शहर बर दुबई स्थित याक एण्ड यति क्लब एभरेष्टमा १४ जनवरी आइतबारको दिन  मनाउन लागेको हो । यस कार्यक्रमबाट संकलीत रकम गरिब तथा जेहेन्दार छात्रछात्रालाई शिक्षा मा लगानी गर्ने भएको हो ।

माघे संक्रान्ती पर्व नेपाल कै एक विशेष राष्ट्रिय पर्व पनि हो । यो पर्व लाई मगर जातीले ऐतिहासिक मौलिक पर्व को रूपमा मनाउने गर्दछ । प्रकृति ले दिएको विभिन्न प्रकारको फल, अन्न हरु को मिठामिठा परिकार बनाई आआफ्नो चेलीबेटी हरु लाई घरमा बोलाई खुवाउने  र रमाइलो गरि नाचगान गरि मनाउने गरिन्छ ।

माघे संक्रान्ती पर्व मगर समुदायले मात्र नभई अन्य समुदाय हरु ले पनि माघ १ गते धुमधाम सँगले मनाउने गर्दछ । त्यसैअनुरूप परा पुर्व कालदेखि मनाउदै आइरहेको परम्परागत माघ्या सकराटी पर्व लाई लोप हुन बाट जोगाउन प्रवास मा रहेका मगर समुदायले पनि वर्षेनी विशेष महत्त्व का साथ मनाउदै आइरहेको जानकारी अध्यक्ष नयन घर्ती मगरले दिए। अध्यक्ष घर्ती मगरले युएईमा छरिएर रहेका सम्पुर्ण मगर गैर मगर हरु लाई सकराटी मेला सफल पार्न का लागी अनुरोध समेत गरेका छन ।

शनिबार १४ पुस २०८० ०८:०४ PM मा प्रकाशित

प्रतिक्रिया