×

इन्द्र बानियाँ काँग्रेस बागमतीको संसदीय दलको नेतामा निर्वाचित

images

हेटौडा । इन्द्रबहादुर बानियाँ नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनमा बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै संसदीय दलको नेता बनेका हुन् । बानियाँले २२ मत प्राप्त गरेका छन् भने लामाको पक्षमा १४ मत परेको छ । त्यस्तै एक मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ । 

यसअघि २०७९ को पुस १३ मा भएको दल नेताको निर्वाचनमा भने लामाले इन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गरेका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिकट दुवै नेता लामा र बानियाँबीचको विवादले अहिले बागमतीको सरकारनै विवादमा परेको छ ।

अर्कोतर्फ मुख्यमन्त्री लामाले संसदीय दल नेताबाट हटेपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । यसले बागमती प्रदेशको सरकार थप विवाद र अन्योलतातर्फ उन्मुख भएको विश्लेषण गरिएको छ ।

बुधबार १५ साउन २०८२ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया