×

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

images

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा तोकिएको छ।

यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा कायम हुँदा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ १९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ९२ पैसा रहेको छ।

अन्य विदेशी मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा रहँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा कायम भएको छ।

खाडी मुलुक र अन्य एसियाली देशहरूको विनिमयदर हेर्दा साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४० रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा तथा युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा तोकिएको छ।

त्यस्तै थाई भाट एकको खरिददर चार रुपैयाँ ४७ पैसा र बिक्रीदर चार रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११ रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १८ पैसा र बिक्रीदर १५ रुपैयाँ २४ पैसा एवं डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तोकिएको छ।

यसै गरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०५ पैसा तथा ओमान रियाल एकको खरिददर ३८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ०५ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

शनिबार २२ कात्तिक २०८३ ०९:२८ AM मा प्रकाशित

प्रतिक्रिया