×

दुर्घटनाग्रस्त जहाज भेटेका यार्सागुम्बा सङ्कलक घर्ती भन्नुहुन्छ : जीवित कोही भेटिएनन्

images

तारा एअरको दुर्घटनाग्रस्त जहाज फेला पारेका यार्सागुम्बा सङ्कलक विशाल घर्तीले जहाजमा रहेका कोही पनि जीवित नभेटिएको बताउनुभएको छ । उहाँले आफूहरुले बिहान ६ बजे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको र कोही जीवित छ कि भनेर हेर्दा नदेखेको बताउनुभयो ।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीसहितको उद्धार टोली पुगेको छ । त्यहाँ पुगेका होटल व्यवसायी इन्दुसिंह शेरचनले पनि कोही जीवित अवस्थामा नभेटिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको कात्तिक २८ गते हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा पर्ने सानोशेरे भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

सोमबार १६ जेठ २०७९ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया