×

थप छ जनामा सङ्क्रमण पुष्टि

images

पछिल्लो समय छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ४११ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १०२ जना रहेका छन् । विगत २४ घण्टामा १३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७८ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

शून्य सङ्क्रमित भएको ३२ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७।२ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३।४ को निधन भएको छ । आज १३ हजार ८२९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म होम आइसोलेशनमा १०२ जना रहेका छन् । 

सोमबार १६ जेठ २०७९ ०५:४१ PM मा प्रकाशित

प्रतिक्रिया