×

निजगढ विमानस्थल जसरी पनि बनाउनुपर्छ, पर्‍याे भने मुद्दा लडाैँला : रावल

images

नेकपा एमालेका सांसद भीम रावलले कानुन परिवर्तन गरेर भए पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने बताउनुभएकाे छ । आज सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  

सर्वोच्च अदालतको आदेश बेवास्ता गरेर भए पनि निजगढ विमानस्थल बन्नुपर्नेमा सांसद रावलकाे जोड छ । उहाँले भन्नुभयो, ‘कानुन परिवर्तन गरेर भए पनि निजगढ विमानस्थल बनाउनुपर्छ । यदि अदालतले त्यसको चौकिल्ला निर्धारण गरेको छ भने त्यो चौकिल्लामा अलिकति मिलाएर बनाऔँ न । लड्नु पर्‍याे भने लडाैँला मुद्दा । अदालतले चाहिँ गर्नुहुने अनि हामीले देशकाे हितमा कदम चाल्न नहुने हुन्छ ? अदालत के छुट्टै टापुमा बसेको हो कुनै ? सरकारकाे अङ्ग होइन ? देश, जनताप्रति जिम्मेवार हुनुपर्दैन ? राष्ट्रको स्वार्थ कहाँ छ भन्नेकुरा हेर्नु पर्दैन ? त्यहाँ बस्ने व्यक्तिहरूले ? पर्छ । यो बन्नैपर्छ ।’

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी अहिलेसम्म भएका सबै निर्णय खारेज गर्दै विमानस्थल नबनाउन आदेश दिएको छ । 

सोमबार १६ जेठ २०७९ ०५:१६ PM मा प्रकाशित

प्रतिक्रिया