काठमाडौँ- रोल्पामा आज (बिहीबार) यात्रुवाहक जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप थवाङ-१, जलजलामा दुर्घटना भएको हो।
जिप भीरबाट अन्दाजी ८ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको हो। प्रहरीका अनुसार हालसम्म २० जनाको शव निकालिएको छ, अन्यको खोजी कार्य जारी छ। भोलि लाग्ने वैशाखे पूर्णिमामा पूजा गर्न रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको ४१६७ नम्बरको जीप रोल्पाको थवाङ गाउँपालिकाको जलजला क्षेत्रमा दुर्घटनामा परेको थियो।
घटनाको पूर्ण विवरण आइनसकेको र भारी वर्षा भइरहेकाले उद्धार कार्यमा कठिनाइ रहेको इलाका प्रहरी कार्यालय थवाङले जनाएको छ।
प्रतिक्रिया