×

सांसद शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँको अनुमति

images

नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।

उनलाई सोमबार प्रहरीले काठमाडौँको धुमबाराहीबाट पक्राउ गरेको थियो ।  

सोमबार १६ चैत २०८२ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया