×

पूर्वराजा ज्ञानेन्द्रद्वारा जरिवाना पत्र बुझ्न अस्विकार

images

काठमाडौं। काठमाडौं महानगरपालिकाको टोली निर्मलनिवासबाट फर्किएको छ। विभिन्न शीर्षकमा काटिएको जरिवानापत्र बोकेर निर्मलनिवास पुगेको महानगरको टोली त्यत्तिकै फर्किएको हो। पूर्वराजा ज्ञानेन्द्रले ती जरिवाना पत्र बुझ्न अस्विकार गरेका हुन्।

शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेकोमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ। हिजो सार्वजनिक बिदा भएकोले महानगरको टोली आज विहानै कार्यालय खुल्नेबित्तिकै निर्मलनिवास पुगेको थियो। तर, महानगरको टोलीलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका छन्।

काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले निर्मल निवासले पत्र बुझ्न नमानेपछि अर्को प्रक्रियामार्फत पत्र बुझाइने बताए । ‘हुलाक लगायत अन्य प्रक्रियाबाट पत्र बुझाउँछौ’, प्रमुख पाण्डेको भनाइ छ । 

आइतबार​ १६ चैत २०८१ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया