×

युएईमा सोनाम ल्होछारको रौनकता

images

फलेन्द्र मगर / दुबई 
जनवरी -३० युएई  तामाङ जातीले परापुर्व कालदेखि  राष्ट्रीय पर्वको रुपमा मनाउदै आएको मन्जुश्री संवत २८६१ औं डुल / सा पुख्रि ल्हो छार अर्थात नयाँ वर्ष सदा वर्षहरु झैं यस वर्ष पनि तामाङ समाज, युएईले सोनाम ल्होछार बृहत सांस्कृतिक साँझ-2025 कार्यक्रम गरि मनाउने भएको छ । यो सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाउने गरिन्छ ।

' ल्होछार’ दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ ल्हो-छार अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । ‘ ल्हो’ अर्थात वर्ष बाह्रवटा नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ ।

सन २००५ देखि  प्रवासमा रहेर तामाङ समुदायको  धर्म , संस्कृति , भेष-भुषा,भाषा,परम्परा,रहन-सहन,  र रितिरिवाज लाई संवर्धन र प्रवर्धन गर्ने  उद्देश्य ले  तामाङ  समाज यूएई सकृय हुदै आएको छ । " हाम्रो संस्कृति , हाम्रो पहिचान " भन्ने मूल नाराका साथ,समाजले यूएईमा प्रत्येक वर्ष सोनाम ल्होछार बडो हर्षोल्लास र उमंगका साथ मनाउने गर्दै आएका छन ।

यस कार्यक्रम लाई थप आकर्षक बनाउन नेपालबाट  अतिथि कलाकार सेलो खान्दोके गायक अस्मान तामाङ र म्हेन्दो माया गायिका बिना घले दुब ई र आबुधाबी आउने भएको जानकारी महासचिव सुरेन तामाङ ले जानकारी दिनु भयो ।  फेब्रुअरी-१ तारिख  आबुधाबी स्थित सुडानी सोसल सेन्टरमा दिनको १:०० बजे र फेब्रुअरी-२ तारिख दुब ई स्थित क्लब एभरेस्ट  याक एन्ड यति मा दिनको १:०० बजे  हुन गैरहेको आयोजक ले बताएको छ ।

बिहीबार १७ माघ २०८१ ०४:१९ PM मा प्रकाशित

प्रतिक्रिया