×

बागमतीको प्रदेश अधिवेशन पुस १८ गते

images

हेटौंडा । बागमती प्रदेशसभा बैठक पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रदेशसभाको पहिलो बैठक सोमबारका लागि तय भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले  गर्ने छन् । बुधबार मात्र प्रदेश प्रमुखसँग जेष्ठ सदस्यको नाताले पद तथा गोपनियताको शपथ लिएका उनले अरु सांसदले बिहीबार शपथ गराउँदै छन् ।

बिहीबार १४ पुस २०७९ ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया