×

सन्दीप लामिछानेको पेसी हेर्न नभ्याइनेमा

images

काठमाडौं ।  बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।  बिहीबार उच्च अदालत पाटनमा पुरावेदनको पेसी थियो।

न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो। यसअघि अघिल्लोपटकको पेसी सन्दीपका कानून व्यवसायीले स्थगित गराएका थिए ।

अब पेसीको अर्को मिति तोकिने छ । प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।

बिहीबार १४ पुस २०७९ ०३:१४ PM मा प्रकाशित

प्रतिक्रिया