काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । आज दिउसो १ बजे नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बैठक बस्न लागेको छ ।
हाल समाजवादी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।
मोर्चाको बैठकमा समसामयिक राजनीति र मोर्चाको गतिविधिका विषयमा छलफल हुनेछ । बैठकको तयारी बारे यस अघि आइतबार र सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको थियो ।
प्रतिक्रिया